Breaking News

फूल आयातमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको फ्लोरिकल्चर एशोसिएसन नेपालले स्वागत गरेको छ

फूल आयातमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको फ्लोरिकल्चर एशोसिएसन नेपालले स्वागत गरेको छ

 स्वदेशी फूल व्यवसायी, किसान र ग्राहकलाई राहत दिँदै सरकारले यस वर्ष तिहारका लागि फूल र फूलका माला आयातमा रोक लगाएको छ ।

विगतमा विशेषगरी तिहारलगायत चाडपर्वमा बाहिरबाट फूल आयात गर्दा स्वदेशी फूलको बजारमा असर पर्ने गरेको छ । गत वर्ष नेपालमा सबैभन्दा बढी फूल आपूर्ति गर्ने छिमेकी भारतबाट ११ करोड रुपैयाँको फूल आयात भएको थियो ।

फूल उत्पादनमा मुलुक आत्मनिर्भर हुने बाटोमा अघि बढिरहेको छ । देशका ४४ जिल्लामा पुष्प व्यवसाय विस्तार भएको छ । १ सय ७८ हेक्टर जमिनमा फूल खेती गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले जनाएको छ । यो वर्ष महोत्सवमा रु १४ करोड मूल्यका २४ लाख फूलको माला प्रयोग हुने अनुमान गरिएको छ । यस वर्ष समयमै पानी परेसँगै फूलको उत्पादनमा भएको वृद्धिले फूलको आयातमा कमी आएको फ्यानले बताए ।

यसैबीच फ्यानले चाडपर्वमा प्लाष्टिकका फूलको माला प्रयोग नगर्न ग्राहकलाई आग्रह गरेको छ । ‘तिहारमा फूलको माला बिक्री गर्ने उद्देश्यले किसानले फूलखेती गरेका छन्, तर प्लाष्टिकका फूलका मालाको प्रयोगले किसानलाई असर परेको छ, त्यसैले हामीले उपभोक्तालाई प्लास्टिकको फूलको माला प्रयोग नगर्न आग्रह गरेका छौं,’ फ्यानका महासचिव विश्वमणि पोखरेलले भने ।

मुलुकमा फूलखेती सुरु भएको २५ वर्ष भइसकेको छ । हाल फूल व्यवसायमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ४२ हजारभन्दा बढी मानिस संलग्न छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा पुष्प व्यवसायको भविष्य उज्ज्वल भए पनि नीतिगत समस्याका कारण यस क्षेत्रमा लगानी अपेक्षित रूपमा आउन नसकेको बताए ।

‘भौगोलिक विविधताका कारण नेपालमा फूल खेती र पुष्प व्यवसायको राम्रो सम्भावना छ, फूलखेतीमा लगानी गर्दा राम्रो प्रतिफल दिनेछ । नेपालमा उत्पादन हुने फूल ‘हिमालयन फ्लावर’ ब्राण्डमा विश्वमा बेच्न सकिन्छ,’ गोल्छाले भने । तर, यो क्षेत्रमा ठूलो लगानी आउन सकेको छैन । उनले यस क्षेत्रमा लगानी आकर्षित गर्न नीतिगत सुधारमा ध्यान दिन सरकारलाई आग्रह गरे ।

फ्यानका पूर्वअध्यक्ष कुमार कसजुले पनि नेपालमा फूलको खेती र निर्यातको सम्भावना बढी रहेको गोल्छाको भनाइ राखे ।

कृषि विभागका उपमहानिर्देशक डा हरिबहादुर केसीले सरकारको लगानी खाद्यान्नमा केन्द्रित भएकाले फूलखेतीमा अपेक्षित रुपमा लगानी हुन नसकेको बताए ।

वनस्पति विभागका निर्देशक डा राधा काफ्लेले वर्षैभरी उत्पादन गर्न सकिने गुलियो फल नेपालमा बढ्दै गएको बताइन् । उनले खेतीलाई प्रवद्र्धनका लागि विभागले फ्यानसँग सहकार्य गरिरहेको बताइन् ।

फ्यानका अध्यक्ष मीनबहादुर तामाङले पुष्प व्यवसाय प्रवद्र्धन नीतिलाई समयसापेक्ष बनाउन सरकारसँग माग गरेका छन् । उनका अनुसार पुष्प व्यवसाय प्रवद्र्धन नीति अहिले पनि कार्यान्वयनमा आउन सकेको छैन ।

नेपालमा बढ्दो माग धान्न फूलको उत्पादन पर्याप्त नभएको र नेपालमा टिस्यु कल्चर र हाइब्रिड बीउबाट बिरुवा हुर्काउने प्रविधि नहुँदा बेलाबेलामा फूल आयात गर्नुपर्ने उनको भनाइ छ ।

No comments