Breaking News

भरतपुर महानगरपालिकाले चैत १ गतेबाट भरतपुर भ्रमण वर्षको शुभारम्भ गर्ने भएको छ

 भरतपुर महानगरपालिकाले चैत १ गतेबाट भरतपुर भ्रमण वर्षको शुभारम्भ गर्ने भएको छ 


महानगरपालिकाको कार्यपालिकाको बैठकले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, विशिष्ट व्यक्ति र ५० हजारभन्दा बढी सर्वसाधारणको उपस्थितिमा पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।


महानगरले भ्रमण वर्ष माघको सुरुतिर मनाउने निर्णय गरे पनि पूर्वतयारी नभएकाले उद्घाटन चैत १ गतेसम्म सारिएको महानगरले जनाएको छ ।


उद्घाटन समारोहमा संघ, प्रदेश र स्थानीय तहका पर्यटन क्षेत्रसँग आवद्ध व्यक्तित्वहरुको उपस्थिति रहने महानगरका पर्यटन सल्लाहकार डा विश्व सुवेदीले बताए । उद्घाटनमा स्थानीय बासिन्दाको उपस्थिति सुनिश्चित गर्न महानगरका २९ वडाका वडा अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।


महानगरका प्रत्येक वडाबाट हात्तीसहितको र्‍याली र सांस्कृतिक ¥याली निकालिनेछ जुन अन्ततः नारायणी नदी किनारमा जम्मा हुनेछ ।


भरतपुरमा सात वटा प्रमुख पर्यटकीय गन्तव्य रहेका छन् भने भरतपुर भ्रमण वर्षका लागि थप २१ गन्तव्य सार्वजनिक गरिएको छ । भरतपुर भ्रमण वर्षलाई सफल बनाउन मेयर रेणु दाहालको संयोजकत्वमा २ हजार २४ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।


अभियानमा ६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । भरतपुर भ्रमण वर्षमा दुई लाख बाह्य र पाँच लाखभन्दा बढी आन्तरिक पर्यटक चितवन जिल्लामा आउने अपेक्षा गरिएको छ ।


उद्घाटनको पूर्वसन्ध्यामा नारायणी नदी किनारमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले प्रस्तुति दिनेछन् ।

No comments