माथिल्लो बलेफी ‘ए’ को ३६ मेगावाट विद्युत सोमबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ
माथिल्लो बलेफी ‘ए’ को ३६ मेगावाट विद्युत सोमबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ
माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजनाले सोमबारदेखि राष्ट्रिय प्रसारण लाइनमा ३६ मेगावाट विद्युत् आपूर्ति गर्ने भएको छ ।
आयोजना सिन्धुपाल्चोक जिल्लामा रहेको छ । बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेशकुमार कसजुले अहिले प्रसारण लाइन, ट्रान्सफर्मरलगायतका पूर्वाधारको परीक्षण अन्तिम चरणमा पुगेको बताए ।
सोमबारदेखि दुई साता ट्रायलका रूपमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत् आपूर्ति गर्ने कसजुले बताए । ‘दुई साताको ट्रायल प्रोडक्सन सकिएपछि व्यावसायिक उत्पादनमा लाग्नेछौँ,’ कसजुले भने ।
आयोजनाले केही महिनाअघि आफ्नो उत्पादन राष्ट्रिय प्रसारण लाइनमा पु¥याउने योजना बनाएको थियो । तर गत बर्षाको समयमा जिल्लामा आएको बाढी र पहिरोका कारण स्थगित भएको थियो ।
सात अर्बको लागतमा आयोजना निर्माण भएको हो । रकममध्ये ३० प्रतिशत ऋण र ७० प्रतिशत इक्विटी रहेको छ । आयोजनामा पाँच बैंकको संयुक्त लगानी रहेको छ ।
No comments