न्यूरोड सडक छेउमा पार्किङमा प्रतिबन्ध लगाएको विरोधमा स्थानीय व्यवसायीले प्रदर्शन गरेका छन्
न्यूरोड सडक छेउमा पार्किङमा प्रतिबन्ध लगाएको विरोधमा स्थानीय व्यवसायीले प्रदर्शन गरेका छन्
न्यूरोड क्षेत्रका व्यवसायीले पसलका शटर बन्द गरेर आन्दोलन सुरु गरेका छन् ।
काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा सडकमा पार्किङ गर्न निषेध गरेपछि उनीहरु शटर बन्द गरेर विरोधमा उत्रिएका हुन् ।
त्यहाँ पार्किङ गर्न नदिँदा ग्राहक नआउने भन्दै व्यवसायीले विरोध गरेका छन् ।
काठमाडौं महानगरपालिकाले आजदेखि कालोपत्री सडकमा सवारीसाधन पार्किङ नगर्ने निर्णय गरेको छ ।
महानगरपालिकाका अनुसार धर्मपथ, जुड्डा सालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबुद्ध र वीर अस्पताल आसपासका सडकमा पार्किङ गर्न निषेध गरिएको छ ।
No comments