१५ लाख घुससहित वडा अध्यक्ष बडे पक्राउ
१५ लाख घुससहित वडा अध्यक्ष बडे पक्राउ
घुस लिएको आरोपमा काभ्रेको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बडे पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको घट्टाघरबाट पक्राउ गरेको हो ।
नगरपालिकाका सेवाग्राहीसँग १५ लाख घुस लिएको आरोपमा वडाध्यक्ष बडेलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
अख्तियारका अनुसार उनीहरुबाट १० हजार जापानी येन, १०० अमेरिकी डलर, हुण्डाई आइ–१० कार र कार चालक पदमबहादुर प्रधानको १५ लाख रुपैयाँ समेत बरामद भएको छ ।
बादे नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी नेपाल विद्यार्थी संघ काभ्रेका पूर्वअध्यक्ष पनि हुन् । कार चालक प्रधान सिन्धुपाल्चोक बाह्रबिसेका हुन्
No comments