Breaking News

काठमाडौं महानगरपालिकाले गोपीकृष्ण सिनेमा हललाई कर तिर्न ७ दिनको अल्टिमेटम दिएको छ

 काठमाडौं महानगरपालिकाले गोपीकृष्ण सिनेमा हललाई कर तिर्न ७ दिनको अल्टिमेटम दिएको छ 


काठमाडौं महानगरपालिकाले चाबहिलस्थित गोपीकृष्ण सिनेमा हललाई कर तिर्न सात दिनको समय दिएको छ ।

बुधबार महानगरले सिनेमा हललाई आर्थिक वर्ष २०२१/२२ देखिको मनोरञ्जन कर, व्यवसाय कर, घरजग्गा करलगायतका कर सात दिनभित्र बुझाउन महानगरीय प्रहरीसहितको टोली पठाएको थियो ।

उनीहरुले दुई आर्थिक वर्षभन्दा बढी समयदेखि कर तिरेका छैनन् । ‘यसबीचमा कतिजनाले कति चलचित्र हेरे, सिनेमा हलमा कति शो भए भन्ने तथ्यांक छैन,’ महानगरका राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले भने ।

सिनेमा हल सञ्चालकले कर नतिरे महानगरको आर्थिक ऐन बमोजिम कारबाही गरिने काफ्लेले बताए । उनीहरुले सात दिनभित्र कानुनी प्रक्रिया पूरा गर्न आउने बताएका छन् । त्यसपछि सिनेमा हलले कति तिर्ने भन्ने निर्णय हुन्छ,’ काफ्लेले भने ।

यसअघि महानगरले सिनेमा हललाई पटक–पटक आग्रह गर्दा पनि बक्यौता रकम दिन अस्वीकार गर्दै आएको थियो । बुधबार कामपाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद वाग्लेसहित नगर प्रहरीका दुईवटा गाडी गोपीकृष्ण हलमा गएका थिए ।

No comments