एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा पैदल यात्रा आयोजना गरेको छ
एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा पैदल यात्रा आयोजना गरेको छ
नेकपा एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा आज राजधानीमा पैदल यात्रा आयोजना गरेको छ । एमालेका नेता कार्यकर्ता राजधानीका विभिन्न स्थानबाट पदयात्रा गर्नुअघि बसन्तपुर पुगेका थिए ।
बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी, कुपण्डोलबाट जुलुस निकालिएको थियो । पैदल यात्रा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत शीर्ष नेता सहभागी थिए ।
पदयात्रामा नेता कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले संविधानसभाबाट जारी भएको संविधानको रक्षाका लागि पदयात्रा आयोजना गरिएको बताए ।
No comments