Breaking News

काठमाडौं महानगरपालिकाले आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ

 काठमाडौं महानगरपालिकाले आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ

 काठमाडौं महानगरपालिकाका सार्वजनिक क्षेत्रमा आजदेखि लागू हुने गरी सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । महानगरले भदौ १७ गतेदेखि सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थको सेवन निषेध गरिएको भन्दै सार्वजनिक सूचना जारी गरिसकेको छ ।

महानगरपालिकाका अनुसार सार्वजनिक स्थानमा चुरोट, बिन्दी, चुरोट, सुर्ती, सल्फा, कक्कड, काँचो सुर्ती, खैनी, गुटखा वा अन्य समान पदार्थको सेवन वा सेवन गर्न निषेध गरिएको छ ।

काठमाडौं महानगरपालिकाको ११ औं बैठकले सार्वजनिक स्थलमा धुम्रपान निषेधलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति पारित गरेको छ ।

नियम उल्लङ्घन गर्नेलाई सार्वजनिक स्थानबाट बाहिर निकाल्ने वा जरिवाना गरिने काठमाडौं महानगरपालिकाले चेतावनी दिएको छ ।

No comments