काठमाडौंले खोजेको परिवर्तनको सपना आज साकार हुने बालेनले बताए
काठमाडौंले खोजेको परिवर्तनको सपना आज साकार हुने बालेनले बताए

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेनले काठमाडौंले खोजेको परिवर्तनको सपना आज साकार हुने बताएका छन् ।
काठमाडौंको बसन्तपुर मतदान केन्द्रमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बालेनले भने, ‘यसपाली मतदाताहरु साँच्चै खुशी छन् । परिवर्तन गर्न मतदाताहरु उत्साहित भएका छन् । आज ५ बजेपछि परिवर्तन आउँछ ।’
काठमाडौंको मेयरमा ५० जना उम्मेदवार छन् । बालेन स्वतन्त्र उम्मेदवार हुन् ।
मतदानस्थलको अवलोकनका क्रममा वसन्तपुर पुगेका उनले आफूलाई मात्र नभई सबै स्थानीय तहमा असल मान्छेहरुलाई मत दिन आग्रह गरेको सुनाए ।
बालेनले ११ बजे तिनकुनेस्थित अन्नपूर्ण विद्यालयबाट मतदान गर्दैछन् ।
No comments