Breaking News

काठमाडौं महानगरको आजै मतगणना हुने

काठमाडौं महानगरको आजै मतगणना हुने


 स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ। मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ।

निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो।जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो।
काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट शुरु गरिने  निर्वाच्न आयोगले जनाएको छ।
अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थल तर्फ लैजाने क्रम चलिरहेको छ । 

No comments