भारतीय प्रधानमन्त्री मोदी पाँचौं पटक नेपाल आउँदैछन्
भारतीय प्रधानमन्त्री मोदी पाँचौं पटक नेपाल आउँदैछन्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेष्ठ २ गते नेपालको औपचारिक भ्रमणमा आउँदैछन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो ।भारतीय प्रधानमन्त्रीले विशेष समारोहमा सहभागी हुन लुम्बिनीको औपचारिक भ्रमण गर्ने भएका छन् ।
बुद्धजयन्तीको पावन अवसरमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालका प्रधानमन्त्रीसँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाआजा गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी अन्तर्रा्ष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्धजयन्ती मनाउने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री डा नारायण खड्काले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने छन् ।लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले द्विपक्षीय वार्ता गर्ने छन् । नेपाल–भारत सहयोग र आपसी हितका विषयमा विचार आदानप्रदान गरिनेछ । नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने छन् ।भारतका प्रधानमन्त्रीको आगामी भ्रमणले दुई देशबीचको सदियौं पुरानो सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पु¥याउनेछ । दुई देशका प्रधानमन्त्रीका रुपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हुने बताइएको छ ।
No comments