काठमाडौं संगै देशै भरि बड्यो जाडो
काठमाडौं संगै देशै भरि बड्यो जाडो
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली हुँदा देशभर चिसो बढेको छ । पश्चिमतर्फबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले देशभर फैलिएको छ ।
उक्त प्रणालीको कारणले उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनुका साथै पहाड र तराई-मधेसका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद गंगा नगरकोटीले काठमाडौं उपत्यका वरपरका अग्ला स्थानमा पनि हिउँ पर्नसक्ने बताइन् । मौसमविद नगरकोटीले अनलाइनखबरसँग भनिन्, ‘काठमाडौं उपत्यका र उपत्यका वरपर आज रातिदेखि वर्षासँगै हिउँ पनि पर्ने अनुमान छ ।’
अर्का मौसमविद वरुण पौडेलले पनि ‘हल्का हिउँ पर्ने’ पूर्वानुमान गरिएको बताए । ‘मनाङ, डोल्पा, हुम्लातिर हिमपात भइराख्या छ । पहाडी भूभागमा हल्का वर्षा छ । तराईतिर बादल र हुस्सु कुहिरोको अवस्था छ,’ मौसमविद पौडेलले भने, ‘काठमाडौं उपत्यकाको हकमा डाँडाकाँडातिर हल्का वर्षा हुने र हिउँ पर्ने सम्भावना छ ।’
काठमाडौं उपत्यकाका चन्द्रागिरि, फूलचोकीका साथै दोलखाको कालिञ्चोक, जिरीलगायतका क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको पौडेल बताउँछन् ।
यद्यपि रातभरमा कति बादल जम्मा हुन्छ त्यसको आधारमा हिमपातको प्रकृतिबारे एकिनका साथ भन्न सकिने बताउँदै उनले भने, ‘अग्ला स्थानहरुमा थोरै भए पनि हिमपात हुने सम्भावना चाहिँ छ ।’
मौसमविदका अनुसार बादल लागेको बेला अधिकतम तापक्रम र घाम लागेको बेला न्यूनतम तापक्रम घट्ने हुँदा जाडो बढ्छ । रातिदेखि जाडो झन् बढ्ने पूर्वानुमान मौसमविद पौडेलले गरे । ‘दुई दिनसम्म राम्रोसँग घाम नलागेकाले चिसो बढेको छ, तापक्रम अझै घट्ने क्रममा छ,’ पौडेलले भने, ‘अहिलेको प्रणालीले वर्षाको जस्तो ठूलो झरी त गराउँदैन तर चिसो हुन्छ, जाडो झन् बढाउँछ ।’
आज साँझ पौने ६ बजे मौसम पूर्वानुमान महाशाखाले गरेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस छ । आज बिहान पौने ९ बजेको रेकर्डमा न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस छ । रातिदेखि तापक्रम अझै घट्ने अनुमान मौसमविदको छ ।’पक्रम अझै घट्ने अनुमान मौसमविदको छ ।’
No comments