Breaking News

बिहीबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्

बिहीबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्


 बिहीबार मकवानपुर र रुकुम पूर्वमा भएका छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा हेटौंडा–कुलेखानी मार्गमा यात्रुबाहक मिनी बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस जुरीखेतको सडकखण्डमा करिब ११ वटा तिर मोडिएर सडकबाट खसेको प्रहरीले जनाएको छ ।

ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी वामदेव गौतमको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको र उद्धारको काम भइरहेको छ ।

दुर्घटना हुँदा बसमा कति यात्रु थिए भन्ने जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

रुकुम पूर्वको भुमे गाउँपालिका–३ क्याङ्सीबगरमा बिहीबार बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख डिएसपी प्रकाश डाँगीका अनुसार काठमाडौंबाट रुकुमकोटतर्फ आउँदै गरेको बस सडकबाट करिब ५० मिटर तल खसेको हो ।

बसको पछाडिको चक्का खाल्डोमा फसेर सन्तुलन गुमाएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन नसकेको डाँगीले बताए ।

No comments