Breaking News

नेकपा एमालेले भक्तपुर–२ बाट महेश बस्नेत र निर्मल भट्टराईलाई सिफारिस गरेको छ

 नेकपा एमालेले भक्तपुर–२ बाट महेश बस्नेत र निर्मल भट्टराईलाई सिफारिस गरेको छ

नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नं २ बाट पोलिटब्युरो सदस्य महेश बस्नेत र निर्मल भट्टराईको नाम सिफारिस गरेको छ ।

नेकपा एमाले भक्तपुर क्षेत्र नं २ क्षेत्रीय निर्वाचन समितिको शनिबार बसेको बैठकले बस्नेत र भट्टराईको नाम प्रतिनिधिसभाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

२०७४ सालको निर्वाचनमा बस्नेतले नेपाली कांग्रेसका उम्मेदवार दमन्नाथ ढुंगानालाई झण्डै दोब्बर मतले पराजित गरेका थिए ।

मंसिर २० गते हुने प्रतिनिधिसभा निर्वाचनमा बस्नेतले टिकट पाउने सम्भावना रहेको एमाले आन्तरिक स्रोतले बताएको छ ।

No comments