नेपालमा ४५७ नयाँ कोभिड-१९ केसहरू रिपोर्ट गरिएको छ
नेपालमा ४५७ नयाँ कोभिड-१९ केसहरू रिपोर्ट गरिएको छ

नेपालमा सोमबार गत २४ घण्टामा ३ सय ८६ नयाँ पीसीआर पुष्टि भएका कोरोना संक्रमित भेटिएसँगै देशव्यापी संक्रमितको संख्या ९ लाख ८१ हजार ७९४ पुगेको छ ।
त्यस्तै गरी २ हजार ३१० एन्टिजेन परीक्षणमा ७१ जनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबारसम्म देशभर ५,७८७,३५७ पीसीआर र १,२५४,४९५ एन्टिजेन परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महामारी सुरु भएयता देशव्यापी मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९ लाख ६८ हजार ६४ जना संक्रमित निको भइसकेका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा ४८ जना। सक्रिय केसहरूको संख्या १७७६ मा खडा छ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८२, मधेश प्रदेशमा १०, बागमतीमा २५३, गण्डकीमा २०, लुम्बिनीमा १४, कर्णालीमा तीन र सुदूरपश्चिममा चार जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा आइतवार ११४ नयाँ पीसीआरमा कोरोनाभाइरस पुष्टि भएको छ। त्यसैगरी शनिबार १५२ नयाँ पीसीआर पुष्टीमा कोरोना संक्रमण पुष्टि भएको छ भने शुक्रबार १ सय ६१ नयाँ पीसीआरमा कोरोना पुष्टि भएको छ ।
No comments