विराट कोहलीले भारतीय टिमको टी २० कप्तानबाट राजीनामा दिने
विराट कोहलीले भारतीय टिमको टी २० कप्तानबाट राजीनामा दिने
अनेक अड्कलबाजीका बीच भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ट्वान्टी-२० कप्तानी छोड्ने भएका छन् । बिहीबार कोहलीले सामाजिक सञ्जालमार्फत आगामी ट्वान्टी-२० विश्वकपपछि उक्त फर्म्याटको कप्तानी छाड्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्, 'यो निर्णयमा पुग्नु सहज थिएन । रवि शास्त्री र रोहित शर्मासँगको लामो कुराकानीपछि मैले यो निर्णय लिएको हूँ । ट्वान्टी-२० विश्वकपपछि ट्वान्टी-२० को कप्तानी छाड्नेछु ।'
केही दिनदेखि भारतीय राष्ट्रिय क्रिकेट टिममा कप्तानी जिम्मेवारीमा हेरफेर गरिने चर्चा चल्दै आएको थियो । ट्वान्टी–२० विश्वकपपछि विराट कोहलीले ट्वान्टी–२० र एक दिवसीय क्रिकेटको कप्तानको जिम्मेवारीबाट हट्ने समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका थिए ।
विराटले टेस्ट टिम र रोहित शर्माले ट्वान्टी–२० र एकदिवसीय टिमको कप्तानी सम्हाल्ने खबर सार्वजनिक भएका थिए । तर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले उक्त समाचार सही नभएको स्पष्टीकरण दिएका थिए ।
तर विराट कहोलीले बिहिबार सामाजिक संजाल मार्फत आफु कप्तानबाट हट्ने कुरा बतायाका हुन् |
No comments