आयोगले समानुपातिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ
आयोगले समानुपातिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ ।
आयोगले आइतबार बिहान सबै राजनीतिक दलको समानुपातिक सूची सार्वजनिक गरेको छ ।
सार्वजनिक भएको सूचीमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ ६ हजार ४९३ उम्मेदवार रहेका छन् ।
आयोगका अनुसार प्रदेश १ मा ३६ दलले ६६१ र मधेश प्रदेशमा ३६ राजनीतिक दलका ९ सय ४८ उम्मेदवार रहेका छन् । वाग्मती प्रदेशमा ४१ दलका ८ सय २५ र गण्डकी प्रदेशमा ३१ राजनीतिक दलबाट ३ सय ६८ उम्मेदवार छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा ३२ राजनीतिक दलका ६५७, कर्णाली प्रदेशका २८ राजनीतिक दलका २२२ समानुपातिक र सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलका ३ सय ७६ उम्मेदवार बन्द सूचीमा परेका छन् ।
No comments