माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता भएको छ
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता भएको छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
नड्डाको निमन्त्रणामा माओवादी केन्द्रका अध्यक्ष हाल दक्षिणी छिमेकीको भ्रमणमा छन् ।भाजपाको नयाँदिल्लीस्थित केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा दुई नेताबीच दुई पार्टीबीचको सम्बन्ध विस्तार र आपसी हितका विषयमा कुराकानी भएको थियो । स्वकीय सचिव रमेश मल्लले बताए । सो अवसरमा भारतका विदेशमन्त्री एस जयशंकर पनि उपस्थित थिए ।
माओवादी केन्द्रका अध्यक्ष जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग शनिबार भेटवार्ता भएको छ । त्यसैगरी, जनचेतना तथा नीति प्रतिष्ठानले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्ध’ कार्यक्रमलाई दाहालले सम्बोधन गरेका थिए । बीजेपी विदेश विभाग प्रमुख विजया चौथाईवाले फाउन्डेशनको अध्यक्ष हुनुहुन्छ।
No comments