Breaking News

नेपाल एकदिवसीय वरियतामा फेरि १९ औं स्थानमा उक्लिएको छ

नेपाल एकदिवसीय वरियतामा फेरि १९ औं स्थानमा उक्लिएको छ

 अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आज सार्वजनिक गरेको वरियतामा नेपाल १९ औं स्थानमा रहँदै एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा आफ्नो स्थान कायमै राखेको छ ।

गत वर्ष पनि नेपाल १९ औं स्थानमा थियो । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा न्यूजिल्याण्ड शीर्ष स्थानमा यथावत रहेको छ भने इङ्ल्यान्ड दोस्रो स्थानमा छ । भारत तेस्रो स्थानमा छ ।

त्यस्तै, पाकिस्तान चौथो, अष्ट्रेलिया पाँचौं, दक्षिण अफ्रिका छैटौं र बंगलादेश सातौं स्थानमा छ । त्यस्तै, श्रीलंका आठौं स्थानमा छ भने वेस्ट इन्डिज नवौं र अफगानिस्तान दशौं स्थानमा छ ।

No comments