Breaking News

परिचय पत्र नभए पनि परिचय खुल्‍ने कागजात देखाएर भोट हाल्न पाउने

परिचय पत्र नभए पनि परिचय खुल्‍ने कागजात देखाएर भोट हाल्न पाउने 

 ३० वैशाखमा हुने स्थानीयत तह निर्वाचनमा मतदाताले मतदाता परिचय पत्र नभए पनि परिचय खुल्‍ने कागजात देखाएर भोट हाल्न पाउने भएका छन् ।

बुधबार आयोगले एक विज्ञप्ति जारी गर्दै मतदाताले परिचय खुल्‍ने कागजातबाट मतदान गर्न पाउने गरी व्‍यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको जनाएको छ ।

तर मतदाता नामावलीमा नाम भएकाहरुले मात्र अन्य परिचय खुल्ने कागजात देखाएर मतदान गर्न पाउनेछन् ।

आयोगबाट जारी भएको परिचयपत्र वा नेपाली नागरिकताको प्रमाण पत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्‍यवस्था गर्न सम्बन्धित नियकायलाई निर्देशन पठाइएको आयोगले जनाएको छ ।


No comments